सनराइज बैंकको “सनराइज पेरोल लोन” योजना सार्वजनिक

असोज १५,काठमाडौ ।  सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी Sunrise Payroll Loan योजना ल्याएको छ ।

यस योजना अन्तर्गत सनराइज बैंकमा Sunrise Payroll Savings Account भएका ग्राहकहरुले बिना धितो रु १५ लाख सम्मको कर्जा लिन सक्ने छन् भने योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा रु ५ लाख सम्मको (overdraft) र रु १० लाख सम्मको Term loan  गरी अधिकतम रु १५ लाख सम्मको कर्जा लिन सक्ने बैकले जनाएको छ ।

कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने र उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिनुका साथै  बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको जनाइएको छ ।

Spread the love