सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ ःउपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार उद्योग वाणिजय महासंघले अर्थतन्त्रमा मेला महोत्सवको महत्व विद्यमान चुनौती र आगामी तयारी विषयक छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्र राज्यलाई कर तिर्न तयार रहेको भन्दै कर तिर्नको लागि निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण र सहयोगी भावना नभएको आरोप लगाउनु भयो । उपाध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यकामा नै अन्तराष्ट्रिय स्तरको प्रदर्शनी हल बनाउन माग गरेपनि सरकारले सुनुवाई नगरेको बताउनु भयो । उहाँले अन्य देशहरुले स्वदेशी उत्पादनलाई विदेशी प्रदर्शनीहरुमा राख्नका लागि राज्यले खर्च गर्ने गरेको भएपनि नेपालमा भने उद्योगी व्यवसायीहरुलाई विदेशका प्रदर्शनीमा जान त्यस्तो सुविधा नदिएको बताउनु भयो । उहाँले जिल्ला तथा स्थानीय तहहरुमा मेला महोत्सव गर्न स्थानीय क्लवहरुलाई दिन नहुने बताउनु भयो । उहाँले स्थानीय क्लवहरुलाई मेला गर्न दिँदा स्थानीय व्यवसायीहरुलाई नै असर पर्ने बताउनु भयो । उहाँले उद्योग वाणिज्य महासंघ चोभारको प्रदर्शनी हल बनाउन टिपीसीसँग मिलेर जान तयार रहेको बताउनु भयो । उहाँले यदी टिपीसीले चोभारमा बन्न लागेको प्रदर्शनी हल निर्माण गर्ने नसके उक्त हल निर्माण गर्न निजी क्षेत्र तयार रहेको बताउनु भयो ।
त्यस्तै महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको र सातै प्रदेश तथा स्थानीय तहमा मेला तथा प्रदर्शनी स्थल आवश्यक रहेको बताउनु भयो । उहाँले स्थानीय स्तरमा मेला महोत्सव गर्न प्रदर्शनी हल भए स्थानीय उत्पादन भएका वस्तुलाई व्यापार विविधिकरण गर्न सकिने बताउनु भयो । उहाँले प्रदर्शनी स्थल बनाउनको लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
उहाँले सरकारले नीतिगत रुपमा स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने हो भने मेला महोत्सव स्थल बनाउनु आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले भइरहेको मेला महोत्सवहरु रमाइलो मेलाको रुपमा भइरहेकाले अब स्थानीय उत्पादनमुखी मेला आयोजना गर्नुपर्ने बताउनु भयो ।

Spread the love