सिन्धु विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथाGlobal Money Week 2025 कार्यक्रम अन्तर्गत शाखा कार्यालय बनेपा तथा शाखा कार्यालय नारायणगढको आयोजनामा मिति २०८१ चैत्र महिना १० गते बनेपा काभ्रेमा अवस्थित श्री संकल्प क्याम्पस तथा भरतपुर लायन्स चोक अवस्थित श्री बालकुमारी कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । श्री संकल्प क्याम्पसका स्नातक तहका जम्मा ६५ जना विद्यार्थीको उपस्थिति रहेको थियोभने श्री बालकुमारी कलेजका कक्षा ११ तथा १२ गरी ७० जना विद्यार्थीको उपस्थिति रहेको थियो । बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषय वस्तुहरूको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
सिन्धु विकास बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत पत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको यस बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

Spread the love