सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेवाको गुणस्तरमा ध्यान दिन नेपाल टेलिकमलाई आग्रह गर्नुभएको छ । बुधबार नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १६ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सेवाको पहुँचको विस्तार पछी आउने चुनौति र गुणस्तरमा सुधार गर्दै आगाडि बढ्न सुझाव दिनुभएको हो । उहाँले छोटो समयमा टेलिकमले उल्लेख्य प्रगति गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘पहुँचको विस्तार पछि आउने चुनौति त्यो चुनौति के हो भने अव गुणस्तरमा सुधार, गुणस्तरको सुधार अवको हाम्रो योजना हुनुपर्छ सेवा मात्रै विस्तारित भएर भूभाग मात्रै कब्जा गरेर हुँदैन त्यसतर्फ पाइला चाल्न सक्नुपर्छ ।’ उहाँले पछिल्लो एक वर्षमा कम्पनीले बहुप्रतिक्षित फोरजी सेवा परियोजना एक वर्षमै देशैभरी पु¥याउन सफल भएको समेत बताउनुभयो । उहाँले प्रदेश ५ र गण्डकी प्रदेशको अप्टिकल फाइबर विस्तारको काम पनि छिट्टै गर्ने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले टेलिकममा कार्यरत केही कर्मचारीहरु आन्दोलन गरिरहेको उल्लेख गर्दै जायज माग भए सम्बोधन गरिने तर राजनीति गर्नेलाई कारबाही गरिने बताउनुभयो । राजनीति गर्नेभए पार्टी कार्यालय जानुस्’ उहाँले भन्नुभयो । उहाँले राजनीतिका लागि राजनीति नगर्न र संस्थाको लागि काम गर्नसमेत आग्रह गर्नुभयो । उहाँले कर्मचारीको आन्दोलनका कारण गोरखकाली रबर उद्योग र टिम्बर कर्पोरेसनको जस्तो अवस्थामा टेलिकमलाई पु¥याउने खेल भइरहेको समेत बताउनुभयो । टेलिकमले वार्षिकोत्सव मनाइरहदा आधिकारिक ट्रेड युनियनका असन्तुष्ट कर्मचारीहरु टेलिकमको शेयर कर्मचारीले पाउनुपर्ने, करारका कर्मचारीको नोकरी अवधि गणना हुनुपर्ने लगायतका विषयमा माग राख्दै आन्दोलन गरेपछि मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाउनुभएको हो ।

Spread the love