सुनको मुल्यमा गिरावट

साउन २४,काठमाण्डौ । आइतवार सुनको मुल्यमा  १ हजार ५ सयले गिरावट आएको छ । शुक्रवार प्रतितोला ९१ हजार ५ सयमा कारोवार कारोवार भएको सुनको मुल्य आइतवार प्रतितोला ९० हजारमा कारोवार भइरहेको छ । आइतवार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयामा कारोवार भइरहेको छ ।

आइतवार चाँदीको मुल्यमा २५ रुपैयाले गिरावट आएको छ । शुक्रवार प्रतितोला १ हजार २ सय ६५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतवार प्रतितोला १ हजार २ सय ४० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love